Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मोबाइल चलाए अविवाहित महिलालाई १० हजार, विवाहितलाई २ हजार जरिवाना

Published on Thursday, December 6, 2012 4:00 PM //

पटना, मंसिर २१ (रोयटर्स) - भारतको विहार राज्यको एउटा गाउँमा मोबाइलले महिलालाई बिगारेको भन्दै प्रतिबन्ध लगाएको छ। राज्यको राजधानी पटनाबाट ३८५ किलोमिटर पूर्व पर्ने मुस्लिमहरुको बाहुल्य रहेको सुन्दरबारी गाउँ पञ्चायतले महिलाले मोबाइल चलाएको भेटे जरिवाना गर्ने भएको छ।


यस अनुसार अब सडकमा मोबाइल चलाइरहेको भेटे महिला अविवाहित हुन् भने १० हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। विवाहित हो भने २ हजार तिरे पुग्नेछ।
अविवाहित महिलाहरु केटाहरुसँग भाग्ने, विवाहित महिलाहरु अर्कै पुरुषसँग लाग्ने जस्ता नैतिक रुपमा भ्रष्ट हुने कामको दोष गाउँ पञ्चायतले मोबाइललाई दिएको छ।
अधिकारकर्मीहरुले भने यसलाई वाहियात् भन्दै प्रविधिलाई प्रतिबन्ध लगाउने हैन प्रयोग गर्नुपर्ने बताएका छन्।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!