Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पारस फेरि पक्राउ, एक महिना सुधारगृहमा राख्न आदेश

Published on Thursday, December 6, 2012 7:39 AM //


२१ मंसिर, काठमाण्डौं । थाइल्याण्डको फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै एक महिना सुधारगृहमा राख्न आदेश दिएलगत्तै पूर्वयुवराज पारस शाह फेरि पक्राउ परेका छन् ।
एक महिनाअघि पर्यटकीय नगर फुकेटमा गाँजासहित पक्राउ परेर धरौटीमा १२ दिने तारेख धाइरहेका पारसलाई सोमबार अदालतले ‘बैङ जो प्रिजन’ (दूव्र्यसनीको आचरण सुधार्ने ठाउँ) पठाउने आदेश दिएको थियो ।
उच्च स्रोतका अनुसार सोमबारै छातीमा पीडा भएको भन्दै फुकेटस्थित बैंकक अस्पताल पुगेका पारसले स्वास्थ्य परीक्षणपछि थङ्गलर प्रहरीचौकीमा हाजिर भएर बयान दिएका थिए । स्वास्थ्य खराबीले सुधारगृहमा उपस्थित हुन नसकेको बयान दिएलगत्तै प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेर विमानमा राखेर बैंकक पठाएको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार पारसलाई सुखमभितमा आफु बसेको होटलको कोठमा तोडफोड गरेको उजुरीका आधारमा फेरि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी विरुद्ध २० लाख थाई भाट (झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ) बराबरको क्षति पुर्‍याएको भन्दै होटल मालिकले उजुरी दिएको खबर नागरिक दैनिकले छापेको छ । मंगलबार राती उनलाई थङ्लर प्रहरी चौकीबाट सिधै विमानबाट बैंकक पुर्‍याइएको स्रोतको दाबी छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!