हिन्दी फिल्ममा दिलिप रायमाझीको नाम !
Published on Tuesday, December 4, 2012
7:17 PM //
Entertainment
नेपालमा केहि हल सञ्चालकहरूले र राजेश हमालको नाम बेचेर पनि रावोडी राथोर
फिल्मको पब्लिसिटी गरेका थिए । राजेश हमाल हिन्दी फिल्ममा भन्दा सुन्नेलाई र
पढ्नेलाई पनि अनौठो लाग्नु स्वाभाविक नै हो । तर यस्ता गलत समाचारले
दर्शकलाई भ्रममा पार्नु भने पक्कै राम्रो हैन । सन् २०१३ मा रिलिज हुन
लागेको फिल्म 'एनीबडी क्यान डान्स' मा दिलिप रायमाझीको नाम उल्लेख छ तर
फिल्मको प्रोमो र पोस्टरमा भने दिलिपको न अनुहार छ न नाम नै ।
हाल लण्डनमा रहेका नायक रायामाझीले फिल्मीखबरसँग कुरा गर्दै आफू कुनै
हिन्दी फिल्ममा काम नगरेको बताए । यसरी काम नै नगरेको फिल्मसँग नाम जोडिदा
आफू अचम्ममा परेको उनले सुनाए । 'यसरी नेपाली कलाकारको नाम किन राखिन्छ र
कस्ले राख्छ खोजीको बिषय हो', दिलिपले बताए । संसारले हेर्ने यो
बिश्वकोषलाई जो कोहीले सम्पादन गर्न मिल्ने भएकाले पनि गलत विवरणहरू आईरहने
गर्दछन् ।
0 comments