समलिंगी कानुन छैन भन्दै ‘लभ यू म्यान’ को सेन्सर रोकियो
Published on Tuesday, December 4, 2012
2:58 PM //
Entertainment
निर्माता युवराज खत्रीका अनुसार, नेपालको
कानुनमा समलिंगीलाई मान्यता दिने वा नदिने भन्नेबारे स्पष्ट उल्लेख नभएको
भन्दै लभ यू म्यानको सेन्सर रोकिएको हो । उनका अनुसार सिनेमाको सेन्सर
नहुने सम्भावना बढेको छ ।
बीपी फुयाँलको निर्देशनमा तयार भएको यो
चलचित्रमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारीलगायतका कलाकारको अभिनय छ
। चलचित्रमा राज र सुरेशबीच हुने प्रेम सम्वन्धलाई देखाउन खोजिएको छ ।
चलचित्रमा यी दुई नायकले थुप्रै बेडसिन र चुम्बनको दृश्य दिएका छन् ।
सेन्सर बोर्डले चलचित्र पास नगर्ने भएपछि
निर्माण युनिट तनावमा परेको छ । तर, केटी-केटी बीचको सम्वन्धलाई देखाइएको
चलचित्र ‘सुनगाभा’लाई भने सेन्सर बोर्डले यसअघि पीजी सर्टिफिकेट दिइसकेको छ
।












0 comments