हातमै विस्फोटक पदार्थ पड्किएपछि...
Published on Sunday, December 9, 2012
10:46 PM //
news
कञ्चनपुर, मङ्सिर २४- कञ्चनपुरको श्रीपुर-१ उल्टनपुरमा रहेको सुकुम्वासी शिविरमा पाहुना बस्न आएका एक व्यक्तिले विस्फोटक पदार्थ चलाउँदा दुवै हातका औँला गुमाएका छन्। कालिका-९ पुरैनाका ५० वर्षीय दिनाराम रानाले विस्फोटक पदार्थ चलाउन खोज्दा विस्फोटन भइ हिजो साँझ कान्छी औँलाबाहेक हातका सबै औँला चुडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
केही दिनअघि भङ्गी रानाले खेत जोत्ने क्रममा फलामको डल्लो पाएपछि घरमा ल्याएका थिए। पाहुना बस्न आएका दिनारामलाई आफूले पाएको डल्लो देखाउने क्रममा उनले दुवै हातले डल्लो कोट्ययाउन खोज्दा हातमै उक्त डल्लो पड्किएको प्रनाउ रावलले बताए।
औँला चुडिएपछि घाइते रानालाई स्थानीय बासिन्दाको सहयोगमा नवजीवन अस्पताल धनगढीमा उपचार गरिएको छ। उक्त विस्फोटक पदार्थ विगतको द्वन्द्वकालमा छाडिएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस

0 comments