Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सतर्कता केन्द्रको छड्केमा कर्मचारीहरु (विवरण सहित)

Published on Monday, December 3, 2012 9:54 AM //

काठमाडौं,मंसिर १७ । राष्ट्रिय सतर्कता केन्द्रले नेपाल विद्युत प्राधिकरणमा १ सय ३३ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको फेला परेको छ । केन्द्रले गरेको हाजिरी छड्केमा प्राधिकरणमा १ सय ३३ जना कर्मचारी अनुपस्थित रहेको फेला परेको हो । यस्तै गोरखापत्र संस्थानमा ६२ जना, नागरिक उड्डयन प्राधिकरणमा ५० जना, नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा ४० जना, नेपाल टेलिभिजनमा ३९ जना अनुपस्थित रहेका सतर्कता केन्द्रले जनाएको छ । केन्द्रको हाजिरी छड्केमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रवन्धक सहित २९ जना, खानेपानी संस्थानमा महाप्रबन्धक सहित १३ जना, राष्ट्रिय समाचार समितिमा १२ जना, रेडियो नेपालमा निर्देशक सहित १० जना र आयल निगममा ८ जना कर्मचारी अनुपस्थित पाइएको सतर्कता केन्द्रले बताएको छ ।


Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!