Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पृथ्वी नष्ट हुने हल्ला 'हल्लैमात्र'

Published on Thursday, December 13, 2012 5:51 PM //

काठमाडौँ, मंसिर २८ - आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन्।
सो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्छन्।
बास्तोलाले पुस ६ गते खराब रहेको औँल्याइए तापनि मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्म ग्रहगोचरको अध्ययन गर्दा केही अशुभ रहेकाले धार्मिक कार्य गर्नु राम्रो हुने बताए।
मङ्सिर ३० गते प्रतिपदा तिथि र मूल नक्षेत्र परेकाले ज्वालामुखी देखिने सम्भावना रहेको, यसै अवधिमा सूर्य-बुध-शुक्र-राहु र चन्द्रमा पाँच ग्रहको युती (एकै ठाउँमा) दुईदिन आधा वास हुने योग परेको छ।
यी पाँच ग्रहको मङ्गल र शनिग्रहसँग द्विर्द्वादश (नराम्रो सम्बन्ध) रहेको छ। त्यसैगरी गुरु-केतु समसप्तक (सँगै रहने) भएको तथा उत्तरार्द्धमा शनि-राहुको युती (एकै स्थानमा) रहने र शनि-राहुको शुक्रसँग द्विर्द्वादश सम्बन्ध परेको छ।
यसैगरी शनि-राहुको गुरुसँग षडष्टक (छैटौँ तथा आठौँ) स्थान रहेकाले विश्व रङ्गमञ्चमा राजनीतिक उथलपुथल हुने लक्षण देखा परेको छ।
त्यस्तै पुस सङ्क्रान्ति शनिबार मध्यरातबाट सुरु भई शनिबार र आइतबार दुईदिन पर्न गएकाले पृथ्वीमा अँध्यारो हुने योग रहेको छ तथापि दक्षिण एसिया, नेपालमा सामान्य प्रभाव बादल लाग्ने वा तुवालो देखिने हुन सक्ने संहिताशास्त्री बास्तोला बताउँछन।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराई यो केवल मानिसमा त्रास मात्र फैलाइएको हो, यसमा कुनै वैज्ञानिक आधार नभएको उल्लेख गर्दै ग्रह गोचरको वासस्थानको अध्ययन गर्दा सूर्यको किरणमा सामन्य प्रभाव पर्नसक्ने भएकाले सबै सावधान रहनु एवम् भगवान्को स्मरण गर्नु राम्रो हुने बताए।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव पं ज्योतिष सूर्यप्रसाद ढुङ्गेल यो अवधिमा सूर्य र पृथ्वीको बीचमा आकाशगङ्गा पर्ने भएकाले कति प्रभाव हुन्छ भन्न नसकिने भए तापनि सामान्यभन्दा ठूलो कुनै सङ्कट देखा नपर्ने बताउँछन्। -रासस

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!