आजबाट सिभिलको ८० करोडको सेयर निस्कासन
Published on Monday, December 10, 2012
6:43 AM //
Business
काठमाडौं, मंसिर २५ (नागरिक) - सिभिल बैंकले सोमबारबाट ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ। निजी क्षेत्रका बैंकहरुमध्ये सवैभन्दा वढी कित्ता निस्कासन गर्ने सिभिल पहिलो बैंक हो। बैंकले सर्वसाधारणका लागि ४० प्रतिशत सेयर जारि गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका सेयर निस्कासपछि बैंकको चुक्ता पुँजी २ अर्ब पुग्ने छ। अहिले बैंकको पुँजी १ सय २० करोड रुपैयाँ छ। सेयर वितरणपछि बैंकको सञ्चालक समितिमा तीन जना सर्वसाधारण लगानीकर्ताले प्रतिनिधित्व गर्ने छन्। अहिले बैंकमा प्रवद्धकका तर्फबाट पाँच जना सञ्चालक छन्।
बैंकले लगानीकर्तालाई आगामी वर्ष वोनस सेयर वितरण गर्ने लक्ष्य लिएको छ। 'लगानीकर्तालाई अहिलेसम्म भएको १४ करोड रुपैयाँ सञ्चिति नाफा र चालु वर्षभरी गरिने नाफाबाट वोनस सेयर दिने छौं,' बैंकका अध्यक्ष इच्छाराज तामाङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने।
गत आर्थिक वर्ष २ करोड ७२ लाख नाफा कमाएको बैंकको सेयर निस्कासनका लागि चार वटा विक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट, एस क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ र नागरिक लगानी कोष छन्।
बैंकले सवा दश अर्बको निक्षेप संकलन गरिसकेको छ। सवा ९ अर्ब ऋण लगानी भएको वरिष्ण कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए।
बैंकले सेयरको सुचीकरण १ सय ५० रुपैयाँभन्दा माथि हुने भएकाले लगानीकर्ताले उच्च नाफा कमाउने जनाएको छ। 'सेयरको दोस्रो बजार ओरालो लागेका बेला निस्कासन भएका सेयर १ सय ५० रुपैयाँभन्दा माथि नै सुचीकरण भएका छन्,' अध्यक्ष तामाङले भने, 'अहिले त बजार उकालो लागेको छ। लगानीकर्ताले सुचीकरण हुँदा नै अझ आकर्षक मूल्य पाउने छन्।'

0 comments