घलेगाउँमा जीवन र निशा नाच्ने, प्रधानमन्त्री नजाने पक्का
Published on Tuesday, November 20, 2012
7:05 PM //
Entertainment,
news
चलचित्र निर्देशक समाजले बुधबार आयोजना गर्न लागेको कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नजाने पक्का भएको छ । बजेटमा व्यस्त भएका कारण प्रधानमन्त्री भट्टराई घलेगाउा नजाने भएका हुन् । यस्तै कार्यक्रमलाई संचारमन्त्री राजकिशोर यादवले उद्घाटन गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
तर आफूहरुले १५० जनाका लागि कार्यक्रम स्थलमा तयारी गरेको समाजका अध्यक्ष पौडेलको भनाई छ । महोत्सवमा डाक्टर ध्रुवचन्द्र न्यौपाने, विश्वभक्त दुलाल, आहुति, राजेश गंगज्योले प्रशिक्षण दिने कार्यक्रम छ ।
0 comments