Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मनिषालाई पाठेघरको क्यान्सर

Published on Friday, November 30, 2012 11:29 AM //


मनिषा कोईरालालाई पाठेघरको क्यान्सर भएको  पुष्टी भएको छ । तल्लो पेटमा अचानक समस्या आएपछि उनलाई गत आईतबार काठमाण्डू स्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले उनलाई मुम्बई स्थित जसलोक अस्पताल रिफर गरेको थियो । 
 
जसलोक अस्पतालमा उनी मंगलबार भर्ना भएकी थिईन् । उनलाई कुन किसिमको क्यान्सर भएको भन्ने बारे खुलाईएको थिएन तर पारिवारिक श्रोतलाई उद्रित गर्दै नागरिक अनलाईन ले पाठेघर क्यान्सरका कारण मनिषा विरामी भएको उल्लेख गरेको छ ।
 
बिहिबार पाठेघरको अप्रेशन समेत सकिएका कारण मनिषाको स्वास्थ्यमा सुधार आएको पनि समाचारमा उल्लेख छ । तर पाठेघरको अप्रेशनका कारण उनको सन्तान उत्पादन हुने क्षमतामा ह्रास आएको छ या छैन त्यो भने अस्पताल र परिवारले खुलाएको छैन । मनिषालाई पहिल्यैदेखि पेटमा ट्युमर रहेको बताईएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!