Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

इन्डियन रियालिटी शो “ईन्डियाज गट ट्यालेन्ट”मा नेपाली बालक

Published on Monday, November 26, 2012 9:58 PM //


 मा नेपाली गीतको ओपनिङ गरी तु ना जाने बोलको गीतलाई एकदम उत्कृष्टका साथ निभाएका छन। निर्णायकहरुको कमेन्ट धेरै राम्रो सुनेर दर्शकहरुले तालीको बहार बर्षाएका छन। निर्णायकहरुले उनलाई यस कार्यक्रममा पाउनु गर्भको कुरा भएको पनि जिकिर गरेका छन र यस्तो राम्रो गीत, त्यो पनि सुर न बिगारिकन त प्रोफेस्नल गायकले पनि गाउन सक्दैनन भनेर करण जोहरले भनेका थिए। उनका अनुसार आजभोली यस्तो गीत दुई-तीन दिन लगाएर गाउछन रे प्रोफेस्नल गायकहरुले पनि।
भारतको सिक्किममा जन्मेका दीपराज राय भर्खर १२ वर्ष भएका छन, यती कलिलो उमेरमा पनि उनको आवाजमा जादु र २४ वर्ष सम्म गायन सिकेको जस्तो छ भनेर करण जोहरले थपेका थिए । आर्थिक रुपले कम्जोर भएको परिवारमा जन्मिएका दीपराजले “ईन्डियास गट ट्यालेन्ट” को उपाधी जितेमा आफ्नो बुवालाई गाडी किनिदिने बाचा पनि गरेका छन । हेरौ अर्को हप्ताको फाइनलमा उनी अगाडि बढ्न सक्छन या सक्दैनन । उनले “ईन्डियास गट ट्यालेन्ट” को उपाधी जितेर आफ्नो बुवालाई उपहार दिने बाचा पुरा होस्, हाम्रो शुभकामना छ दीपराजलाई ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!