Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

दुई लाख नपर्ने जग्गालाई १७ लाख मूल्याङ्कन गराई ऋण लिने पक्राउ

Published on Sunday, November 25, 2012 6:42 PM //

काठमाडौँ, मंसिर १० (नागरिक) - प्रति रोपनी दुई लाख पनि नपर्ने जग्गालाई १७ लाखको मूल्याङ्कन गराई सञ्चालनमा नरहेको कम्पनीको नामबाट कृषि विकास बैँकमा ऋण लिएर भ्रष्टाचार गर्ने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।


पाँच वर्षअघि नै विशेष अदालतले भ्रष्टाचारी ठहर गरी १० लाख जरिवाना र बिगो सजाय ठहर गरे पनि फैसलापछि दिपायल सिलगढी घर भई हाल काठमाडौँको ३४ वडामा बस्ने ४९ वर्षका पृथ्वीराज सिंह फरार थिए।

केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरी विशेष अदालतमा बुझाएको हो।

सिंहले कृषि विकास बैंक महाराजगञ्ज शाखाका तत्कालीन प्रबन्धक करमसिंह भण्डारीसँगको मिलेमतोमा केवल दर्तासम्म भएको र संचालनमा नरहेको शैलेश्वरी ह्यण्डीक्राफ्ट नामक परियोजनाको नाममा सो ऋण लिएका थिए।

त्यसक्रममा काठमाडौँको मच्छेगाउँ गाविस वडा नम्बर ५ को गोरेटो बाटोमात्र भएको .१ लाख ६५ हजार प्रति रोपनी मूल्य पर्ने  जग्गालाई मोटर बाटोले छोएको र रु.१७ लाख प्रति रोपनी पर्ने भन्ने सिफारिस समेतका झुठ्ठा विवरणका लिखतहरु तयार गरी कर्जा प्रवाहको लागी कृषि बिकास बैंक महाराजगञ्ज शाखामा पेश गरी ९ वर्ष अघि १० लाख २० हजार  ऋण लिई  भ्रष्टाचार गरेको ठहर भएको हो ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!