हलिउड बक्स अफिसमा शीर्ष १० मा जव तक है जान
Published on Wednesday, November 21, 2012
11:55 AM //
Entertainment,
news
मुम्बई, मंसिर ६ (एजेन्सी) - यश चोपडाको अन्तिम फिल्म जव तक है जानले अमेरिकी बक्स अफिसको शीर्ष १० मा स्थान बनाउन सफल भएको छ। हलिउडका फिल्मसँग भिड्दै शीर्ष स्थानमा उक्लिनुलाई महत्वपूर्ण मानिन्छ। अमेरिकी बक्स अफिसमा दी ट्विलाइट सेग : ब्रेकिङ डाउन पहिलो स्थानमा उक्लिएको छ। फिल्मले १ सय ४१ मिलियन डलर कमाएको छ। जेम्स बोन्ड फिल्म स्काइ फल दोस्रो स्थानमा रहेको छ जसले एक सातामा ४१ मिलियन डलर कमाएको छ।
तर यतिखेर धेरैको ध्यान भने जव तक है जानले खिचेको छ। तीन घन्टा लामो फिल्मका निर्देशकको एक महिनाअघि मृत्यु भएको थियो।
यो फिल्म बक्स अफिसको ८ औं स्थानमा रहेको छ। फिल्मले गत साता १.३ मिलियन डलर कमायो। हलिउडका फिल्मको प्रभुत्व हुने अमेरिकी बक्स अफिसमा विदेशी फिल्मले बक्स अफिसमा स्थान पाउनु नै महत्वपूर्ण हो। यो फिल्मले भारतबाहिरका देशमा ७.५८ डलर कमाइसकेको छ। विदेशमा भारतीय फिल्मले कमाएको यो सबैभन्दा ठूलो रकम हो। विशेषगरी अमेरिका, बेलायत, अस्ट्रेलिया र मध्यपूर्वमा फिल्मले यो कमाइ गरेको हो।
जव तक है जानले अहिले हलिउडका फिल्महरु जस्तै लिङ्कनसँग बक्स अफिसमा समान हैसियतमा कारोबार गरिरहेको छ।
0 comments