Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

दुई घरमा लुटपाट, पाँच लाखको धनमाल लुटियो

Published on Saturday, November 24, 2012 5:02 PM //


सिन्धुपाल्चोक, मंसिर ९ - लुटेराहरुको एक समूहले फूल्पिङडाँडा-९ तालकोट गाउँको दुई घरबाट नगद, सुनका गरगहना र मोबाइल सेटसहित झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ। घरमा आएका पाहुना समेत लुटिएका छन्।  


मुखमा रुमाल र माक्स लगाएर शुक्रबार राति १०-१० जनाको संख्यामा आएको लुटेरा समूहरुले स्थानीय गोपीलाल गिरी र राजु गिरीको घरमा लुटपाट मच्चाएको हो। लुटेराले दुबै घरबाट गरी आठ तोला सुन, ६ थान मोबाइल सेट र नगद २ हजार ५ सय रुपैयाँ लुटेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर विष्णु लामिछानेले बताए। 

उनकाअनुसार गोपीलालको घरमा पाहुना आएकी कदमबास-७ की ६० वर्षीया डम्बरकुमार गिरी पनि लुटिएकी छिन्। शुक्रबारै पाहुना आएकी डम्बरकुमारीले लगाएको रुिङ, तिलहरी गरी दुई तोला सुन लुटेर लगेका छन्। लुटेराले रिङ खोस्दा उनको कानको लोती समेत चुँडिएको छ। लोती चुँडिएकी डम्बरकुमारीलाई आफन्तले उपचारको लागि अस्पताल लगेका छन्। 

मुखमा रुमाल र माक्स लगाएकाले नचिनिएका लुटेराहरुले खाना खाएर सुतिरहेको बेला राति साढे १० बजेतिर लुटपाट मच्चाएका थिए। लुटेरा समूहले महिलालाई एक-एक छानेर उनीहरुले लगाएको सुनका गरगहना लुटेको थियो। 'पीडितले करिव ५ लाखको धनमाल लुटिएको मौखिक जानकारी दिएका छन्,' इन्स्पेक्टर लामिछानेले नागरिकसँग भने। 
लुटेरा भागेपछि पीडितका घरमा रातभरि रुवाबासी चलेको थियो। गाउँलेको खबरपछि बाह्रविसे र बलेफी चौकीबाट राति नै प्रहरी टोली घटनास्थल पुगेर लुटेराको खोजी थालेको थियो। 

लुटेराहरु भने अझै फेला पर्न सकेका छैनन्। शनिबार बिहानैदेखि लुटेराहरुको खोजी जारी राखेको इन्स्पेक्टर लामिछानेले बताए। पछिल्लो समय फूल्पिङडाँडामा लुटपाट र चोरीका घटना बढेका छन्। गत वर्षपनि एकपछि अर्को गर्दै चार घरमा लुटपाट मच्चिएपछि आतंकित गाउँलेले गाउँ सुरक्षा गर्न लामो समय रात्रिगस्ति गरेका थिए ।


Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!