कोही पनि निर्देशकसँग सन्तुष्ट छैन - पुजना प्रधान
Published on Tuesday, November 27, 2012
3:35 PM //
Entertainment
पुजना प्रधान, नायिका
भर्खरै शुटिङ भैरहेको ‘रक्षा’ चलचित्रमा नायिका पुजना प्रधानले ‘बेड सिन
दिने क्रममा आफनो शरीरका जम्मै कपडा खोलिन् । अहिले फेरि पुजनाले
अनलाइनखबरसित आफ्नो मनको कपडा उतारेकी छन् । उनले आफ्नो मनभित्रको सम्पूर्ण
दृश्य देखाउँदै आफूमा विवाह गर्ने इच्छा पलाएको तर उपयुक्त पुरुष नभेटिएको
बताएकी छन् । आफ्नो ओठ ठूलो र सेक्सी रहेको उनी बताउँछिन् । यसअघि एक
व्यक्तिसित आफ्नो प्रेम सम्बन्ध रहेको र हाल सो प्रेम टुटेको उनले रहस्य
खालेकी छन् । अन्य नेपाली नायिकालाई चाँहि उनी यस्तो सल्लाह दिन्छिन्-
‘तपाईहरु सिनेमाको पर्दामा जस्तो हुनुहुन्छ, बाहिरी दुनियाँमा पनि त्यस्तै
नहुनुहोस् ।’
बिहान-बेलुका योग, ध्यान हुन्छ । तर, अहिले खासै कार्यक्रम छैन ।
० पुजनाको चलचित्र यात्रा कसरी चल्दैछ ?
म प्रवेश गर्दा पनि चर्चित थियो, अहिले पनि चर्चित छ । नेपाली इतिहासमा
नै पहिलोपटक मैले टु पिस लगाएर फोटोसुट गरेकी थिएँ र त्यसले निकै चर्चा
पाएको थियो । अहिले म सिनेमा छानेर खेलिरहेकी छु, एकदमै सन्तुष्ट छु ।
० त्यो समयमा टु पिस लगाउने हिम्मत कसरी गर्नुभयो ?
मलाई केही नयाँ कुरा गर्न मन लागेको हुन्छ । उक्त समयमा मैले ग्लायमरलाई
नेपाली सिनेमामा पछ्याउन खोजंे । मलाई वीचमा गएर फोटोसुट गर्न मन लागेको
थियो र मैले गरंे । यदि म ग्ल्यामर हँु भने मैले किन त्यसलाई पर्दा वा
फोटोमा प्रस्तुत नगर्ने त भन्ने सोच मेरो हो ।
० फोटो सुट गर्दा आफुलाई त्यसले नकारात्मक प्रभाव पार्ला भन्ने लागेको थिएन ?
म सकारात्मक र नकारात्मक दुबै तर्क सुन्न तयार भएकी थिएँ । कसैले यसलाई
नराम्रो भन्नुभयो भने कसैले यसलाई राम्रो भन्नुभयो । विदेशमा त यसलाई
सकारात्मक रुपमा हेरिन्छ, तर नेपालमा नकारात्मक रुपमा हेरेको देख्दा म आफै
छक्क पर्छु ।
० तपाईले सिनेमा क्षेत्रमा टिक्न र बिक्नकै लागि यो स्क्यान्डल अपनाउनुभएको हो भन्दा कस्तो होला ?
हैन, म सिनेमा क्षेत्रमा राम्रैसँग जमिरहेका बेला मैले उक्त फोटो सुट
गरेकी हुँ । म जे गर्छु, मिडियाले मलाई हरेक तर्फबाट सहयोग गरिरहेको छ,
मलाई खुशी लागेको छ ।
० एउटा ग्ल्यामर नायिकाको यात्रा जयसंगत आश्रमतर्फ कसरी मोडियो ?
चलचित्र तस्बिरको छायांकनका क्रममा पुष्पराज पुरुषसँग मेरो भेट भयो ।
उहाँसगको संगतमा म आश्रममा पुगें । आश्रममा गएर ध्यान गर्दागर्दै म
त्यतातर्फ मोडिएँ । पछि ध्यान सिक्दा सिक्दै मैले अरुलाई पनि सिकाउन थालंे ।
यसपछि धेरैले मलाई पुजना जोगी भई, अब सिनेमा खेल्दिन भन्न थाले । तर, म के
भन्छु भने, मेरा बारेमा कुनै कुरा लेख्नु छ भने मलाइ सोधेर लेख्नुहोस् ।
० त्यसो भए तपाई आज पनि ग्ल्यामर नायिका नै हो त ?
हो, म हिजो पनि म ग्ल्यामर नायिका थिएँ, आज पनि छु र भोलि पनि रहिरहनेछु ।
० उसो भए तपाईको ग्ल्यामर छवि आश्रममा पुग्दा पनि मरेको छैन ?
मेरो कर्म क्षेत्र नै सिनेमा र ग्ल्यामर हो । यसैले म मेरो कर्मथलोलाई धोका दिन चाहन्न ।
० तपाई आश्रमतिर लागेपछि हराउनुभयो, त्यसैले यस्तो अड्कल काटिएको होला नि ?
होइन, मैले खेल्नुपर्ने सिनेमा खेलिसकंे । म सधैंजसो हिरोको अंगालोमा
नाच्ने नायिका बन्न चाहन्न । म फरक धारमा सिनेमा खेल्न चाहन्छु ।
० आश्रममा लागेर हिँडेको मान्छे, फेरि कसरी ग्ल्यामर नायिका बन्न सक्छ भन्ने धेरैको भनाइ छ नि ?
होइन, मानिस जहाँ जान्छ, आफ्नो पहिरन उस्तै लगाउँछ । स्विमिङ गर्न जाँदा
टु पिस लगाउँछ भने मन्दिर जाँदा पहेंलो बस्त्र लगाउन मन लाग्छ ।
० तपाईले बच्चा पनि पाल्नुभएको छ, बिहे गर्ने सोच आएको छैन ?
बिहे गर्ने सोच आएको छ, तर सोचेजस्तो पाएको छैन ।
० तपाईले सोचेको जस्तो पुरुष को हो ?
यस्तै त भन्न सकिँदैन । तर, आफूलाई मनपर्ने मानिस आएपछि आफैं मनपर्ला नि हैन ?
० अहिलेसम्म कुनै पनि पुरुष मन परेन र जीवनमा ?
हैन, म केही बर्ष अघिसम्म प्रेममा थिएँ । तर, अहिले मेरो ब्रेक अप
भैसकेको छ । मेरो नाम धेरैजनासँग जोडिएको पनि छ । मेरो आफ्नै गुरु पुष्पराज
पुरुषसँग पनि जोडियो । मेरो नाम जोसँग जोड्दा पनि धेरै फरक पर्दैन । तर, म
प्रेममा परेपछि उहाँलाई सबैको अघि ल्याएर राखिदिन्छु ।
० उसो भए, के तपाईले प्रेम गरेको मानिसको नाम त अघि आएन नि ?
होइन, उहाँसग मेरो १ बर्ष प्रेम भयो र ब्रेकअप भयो । अब म उहाँका बारेमा कुनै कुरा गर्न चाहन्न ।
० सिनेमाभित्र प्रेम र रोमान्सका थुप्रै कुरा हुन्छन्, वास्तविक जीवनमा तपाईले प्रेमलाई कसरी बुझ्नुभयो ?
हामी सिनेमाका नायिकाहरु पर्दाभित्र गीत गाउने हिरोसँग नाच्छौं,
रोमान्टिक नायकको संगत गछौर्ं । यसैले हामी वास्तविक जीवनमा पनि गीत गाउने,
माया गर्ने र रोमान्टिकखालको युवक नै खोज्छौं । म चाहन्छु, मेरो जीवनसाथी
पनि रोमान्टिकखालको नै होस् । मेरो प्रेमी रोमान्टिक नभएकाले पनि हाम्रो
सोचाइ मिलेन र हामी टाढा भयौं ।
० तपाईलाई आफ्नो कुन अंगमा सेक्सी लाग्छ ?
मलाई मेरो ओठ राम्रो लाग्छ । मेरो ओठ अरुको भन्दा ठूलो पनि छ, मिलेको पनि छ, यसैले सेक्सी लाग्छ ।
० तपाइलाई नेपालका कुन तीनजना नायकले आकर्षण गर्छन् ?
सुमन सिं, जीवन लुइटेल र आर्यन सिग्देल मलाई निक्कै आकर्षक लाग्छन् ।
० अब तपाईलाई कस्तो भूमिका गर्न मन लागेको छ ?
मैले आजसम्म सोचेजस्तो भूमिका नै गर्न पाइँन । अब म आफै सिनेमा
बनाउँदैछु र आफै अभिनय गर्छु । म मेरो सिनेमामा कलाका ९ वटा रस मिसाएर
अभिनय गर्न चाहन्छु ।
० यहाँले आफू प्रवेश गर्नुअघि देखेको सिनेमा क्षेत्रमा यहाँ आइसकेपछि कस्तो पाउनुभयो ?
म स्टेजमा डान्स गर्दागर्दै आएकी केटी हो । यसैले सुरुवातमा मेरा लागि
यो नशा थिएन । सुरुवातमा त मैले सिनेमा धेरै नै पाएँ, तर अहिले भने संघर्ष
गर्दैछु । अब, मलाई सिनेमा खेल्ने रहर मरेको छैन । मैले जति काम गरे त्यो
सबै पाएको छैन । मैले भनेको जस्तो केही पनि भएको छैन ।
० आखिर यति धेरै सिनेमा खेल्दा पनि किन राम्रो दिन सक्नुभएन त ?
सुरुवातमा कथा पढ्दा सिनेमा खुबै राम्रो लाग्छ । तर, छायांकनमा जाँदा
त्यसको १० प्रतिशत पनि पर्दामा उतारिँदैन । यस्ता सिनेमा सबै मेरा हातमा
आएछन्, के गर्नु Û नेपाली सिनेमामा हल्ला गर्ने धेरै भए, काम गर्ने कम
मात्र ।
० उसोभए तपाई आजसम्म काम गरेका कुनै सिनेमाबाट सन्तुष्ट हुनुहुन्न ?
हो, म आजसम्म सबै सिनेमाबाट असन्तुष्ट छु । मैले सोचेअनुसार कसैले पनि
काम गर्न सकेनन् । मैले काम गरेका सबै सिनेमाका निर्देशक, निर्माता र नायक
असफल हुन्, उनीहरुले उत्कृष्ट काम दिन सकेनन् ।
० चलचित्रको पर्दामा देखिएजस्तै वास्तविक जीवनमा तपाई कत्तिको सेक्सी देखिनुहुन्छ ?
आश्रममा लाग्नुअघि म पर्दामा जस्ती थिएँ, वास्वतविक जीवनमा पनि त्यस्तै
थिएँ । तर, आश्रममा लागेपछि म पर्दा र बाहिर फरक देखिन थालेकी हुँ ।
० नेपाली नायिकाहरुलाई बजारमा राम्रो तबरबाट हेरिँदैन नि ?
मलाई थाहा छ, नेपाली नायिकाहरुलाई दर्शकले राम्रो नजरले हेर्दैनन् । तर,
आश्रममा लागेपछि दर्शकले मलाई हेर्ने नजर फरक पाएको छु । म नेपाली
नायिकालाई के भन्न चाहनुहुन्छ भने, तपाईहरु सिनेमाको पर्दामा जस्तो
हुनुहुन्छ, बाहिरी दुनियामा पनि त्यस्तै नहुनुहोस् ।
प्रस्तुती : विजय आवाज
0 comments