यसरी खिचियो पुजनाको वेडसिन (फोटो फिचर र भिडियोसहित)
Published on Sunday, November 25, 2012
2:30 PM //
Entertainment
उसो त नायिका पुजना प्रधान जयसंगत आश्रममा
क्रियाशील भएपछि धेरैले उनले चलचित्रको पर्दामा ग्ल्यामर र हट दृश्य
दिन्नन् होला भन्ने सोचाइ बनाएका थिए । तर, सबैको सोचाइमाथि पानी खन्याउँदै
पुजनाले खुलेरै बेड सिन दिएकी छिन् ।
शनिबार बेलुकी करिब ९ बजे अनलाइनखबरको टिम
काठमाण्डौको नुतन स्टुडियो पुग्दा पुजना कम्मलले आफ्नो शरीर ढाकेर
बसिरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आश्रममा बस्ने पुजना र चलचित्रको
पर्दामा देखिने पुजना एउटै होइन ।’ आफ्नो ग्ल्यामर छविलाई मर्न नदिने भन्दै
उनी यसरी नाङ्गिन तयार भएकी हुन् ।
निर्देशक राजु गिरी पनि के कम थिए र ?
पौने २ लाखमा पुजनालाई यस्तै दृश्यका लागि चलचित्रमा अनुवन्धित गरेका छन्
उनले । बारमा बसेर मादकपदार्थमा मस्त भएका नायक अशोक फुयाँललाई पुजना आफ्नो
सर्वस्व सुम्पन्न तयार भएकी छन् यस चलचित्रमा । मादकपदार्थ सेवन गरेको
समयमा आफ्नो अघि मस्त फक्रेकी युवती देख्दा युवकको जवानी कहाँ काबुमा
रोकिन्छ र भन्ने प्रमाण दिएका छन् फुँयालले ।
पुजनासँग रंगीन रात बिताउने अभिलाषा
बोक्दै बेडसम्मको बाटो तताए अशोकले । पुजना अशोकका अघि कम्मलले आफ्नो
जवानीलाई ढाक्दै नागिंन तयार भइन् । निर्देशक राजु गिरी, छायांकार रामेश्वर
कार्की पुजना र अशोकको राशलीला क्यामेरामा कैद गर्न हतारिए ।
छोटो स्कर्टमा नशालु बनेकी पुजनासँग
अशोकको रोमान्स निक्कै बेर चल्यो । पुजनाले पनि खुलेरै कथाले मागेअनुसारको
दृश्य दिइन् । अशोक पनि पुजनासँगको रोमान्समा चुर्लुम्बै डुबे । जब,
निर्देशक राजु गिरीले कट भने, अनि मात्र यी दुई बैशालु जोडीको रोमान्स
रोकियो ।
रोमान्स सीनमा लिप्त भएकी पुजनाले
अनलाइनखबरसँग कुरा गर्दै भनिन्, म सुरुवातमा जुन छवि लिएर सिनेमा क्षेत्रमा
प्रवेश गरेकी थिएँ, अब त्यसरी नै अघि बढ्न चाहन्छु ।
बस्नेत मुभिजको व्यानरमा छायांकन भइरहेको
रक्षा नामक चलचित्रका लागि पुजनाले यस्तो उत्तेजक दृश्य दिएकी हुन् । राजु
गिरीको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा एक नेताले राजनीतिमा आफ्नो
शक्ति र युवतीलाई कसरी प्रयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।
0 comments