Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

काठमाडौको कमलपोखरीस्थित अन्ना क्यासिनोले गुण्डा लगाएर मजदूर कुटपिट गरेको आरोप

Published on Saturday, November 24, 2012 2:42 PM //

काठमाडौ, ८ मंसिर – काठमाडौको कमलपोखरीस्थित अन्ना क्यासिनोका ५३ प्रतिशत सेयरधनी कल्पदिप राईलाई अदालतले समेत अवैधानिक भनेर फैसला सुनाएका तप्त बहादुर विष्टको समूहले आक्रमणको प्रयास गरेको छ। कमलपोखरीस्थित अन्ना क्यासिनोको कर्पोरेट अफिसमा रहेको बेला कृष्णानन्द भट्ट, गोपाल राई, भवानी ढगुन्ना, सुमन डंगोल, रविन ठकुरी, आशिष खड्का, सुमन घले, विकास डंगोल र मुटु भनेर चिनिने व्यक्तिको समूहले अकस्मात आएर आक्रमणको प्रयास गरेको रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा राई र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष नानिकाजी बस्नेतले जानकारी दिए।

विष्टले पठाएका गुण्डाहरुको समूहले क्यासिनोमै काम गर्ने डिलबहादुर बानियाँ, किरण शाही, रुपक बुढाथोकी र अनिल बानियाँलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उनीहरुको हाल हिमाल नर्सिङ होममा उपचार भइरहेको छ। घाइते मध्ये अनिल बानियाँलाई भने कमल पोखरीबाट अपहरण गरेर क्यासिनो अन्ना परिसरमै लगेर कुटपिट गरेका थिए। घटनामा क्यासिनौ कै कर्मचारी विवेक रानाभाटलाई भने आक्रमणकारीहरुले अपहरण गरी लगेका छन्। आक्रमणकारीहरु करिब २० जनाको संख्यामा आएका थिए।आक्रमणकारीहरु क्यासिनो अन्नाकै दुइ वटा माइक्रोबस र एउटा स्कुटरमा चढेर आएका थिए। उनीहरु बा ४च७१४१ र ७१४० नम्बरको माइक्रोबस र बा३०प ३८१ नम्बरको स्कुटरमा चढेर आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।क्यासिनो अन्नाको ५३ प्रतिसत सेयर किनेका राईलाई पुराना अध्यक्ष विष्टले नयाँ अध्यक्षको रुपमा स्विकार नगरी पटक-पटक आक्रमण गरेर क्यासिनो आफ्नो नियन्त्रणमा राख्दै आएका थिए। विष्टलाई महानगरीय प्रहरी परिसर हनुमान ढोका र महानगरीय प्रहरी प्रभाग दरबार मार्गले सहयोग गरेकोले पनि राईले करिब ८ महिनादेखि लगानी गरे पनि काम गर्न पाएका छैनन्।स्वामित्व र नेतृत्वको विवादमा कम्पनी रजिष्टारको कार्यालयले असोज २९ गते र पुनरावेदन अदालतले असोज १० गते आधिकारिक अध्यक्ष राईनै रहेको फैसला गरे पनि त्यसलाई स्विकार नगरी विष्ट समूहले प्रहरीको आडमा आफ्नो कब्जा जमाउँदै आएको पत्रकार सम्मेलनमा गुनासो गरियो।पिडितहरुले यसअघिनै गृहमन्त्रालय, प्रहरी परिसर हनुमानढोका, जिल्ला प्रशासन कार्यालय, प्रहरी आयुक्तको कार्यालयमा शान्ति सुरक्षाको लागी निवेदन दिएको अवस्थामा आक्रमण भएको हो। राईका अनुसार प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले समेत हनुमान ढोका प्रहरीलाई शान्ति सुरक्षाको लागि निर्देशन दिएका थिए।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!