Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

न्यूर्योकवासी सबैभन्दा सेक्सी….

Published on Wednesday, December 5, 2012 11:39 PM //

सेक्सको मामलामा अमेरिकी शहरमा न्यूर्योकवासी सबैभन्दा अगाडी देखिएका छन । न्यूर्योकवासी वर्षमा औसत रुपमा १ सय ५६ पटक सेक्स गर्ने गरेको तथ्याङ सार्वजनिक भएको छ । यो संख्या अमेरिकाको अन्य राज्यहरुको तुलनामा सबैभन्दा बढी हो । हालैमा न्यूर्योकको कण्डम उत्पादन कम्पनी ट्रोजनले गरेको सर्वेक्षणमा यस्तो नतिजा पाइएको हो ।

कम्पनीले अमेरिकाका १० ठूला राज्यका १ हजार व्यक्तिहरुसँग सेक्स जीवनका बारेमा विस्तृत जानकारी हासिल गरेको हो । ट्रोजनको यस्तो नतिजाले न्यूर्योकवासी समेत अचम्मित भएको जनाइएको छ । तथापी न्यूर्योकवासीले यस तथ्यलाई भने स्वीकारेका छन् ।
सेक्सको मामलामा न्यूर्योकवासी अगाडि भएपनि सेक्ससाथीको मामलामा भने एटलान्टा अघि देखिएको छ । एटलान्टाका बासिन्दा आफ्नो जीवनमा कम्तिमा २५ जना सेक्ससाथी बनाउँछन् ।
त्यस्तै सर्वेक्षणका अनुसार २७ प्रतिशत न्यूर्योकवासी ओछ्यानमा साथीसँग खुलेर सेक्सको बारेमा कुरा गर्छन् भने ७८ प्रतिशत व्यक्तिहरुले अन्तरंग सम्बन्धको समयमा सेक्स टोयजको प्रयोग गर्ने गरेको स्वीकारेको जनाइएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!