ल हेर्नुस् प्रियंकाको ड्रेस कस्तो छ ?
Published on Saturday, December 8, 2012
1:59 PM //
Entertainment
मोडलिङको दुनियाबाट फिल्मी दुनियाँमा प्रवेश गर्दा एउटी हिरोईनको सवैभन्दा ठूलो सपना हुन्छ आफ्नो पहिलो फिल्मको प्रिमियरमा सर्वाधिक सुन्दरी भएर सयौं फिल्मकर्मीको सामु उभिने । तर विडम्बना प्रिंयका कार्कीको हकमा भने यस्तो हुन पाएन ।रिलिजको हिसावले प्रियंकाको पहिलो फिल्म थ्री लभर्सको प्रिमियरको साटो फ्यामेली शो आयोजना भएको थियो जहाँ उनले आफ्नो सपनालाई थोरै हद सम्म भए पनि पुरा गर्ने अबसर पाईन । औलामा गन्न सकिने सिमित फिल्मकर्मी र आफ्ना परिवारका साथ उनी रेड नाईट गाउनमा सिभिल मल पुगेकी थिईन् जुन गाउनलाई उनको पर्सनल ड्रेस डिजाईनर सुवेक्षा भडेलले अन रिक्वेष्ट तयार गरेकी हुन् ।
लाईक्रा र टिस्युले तयार गरिएको रेड गाउनमा अन्य बेलाको आधुनिक पहिरनमा भन्दा उनी भिन्न र सुन्दर देखिएकी थिईन् । त्यस माथि पनि कलर सेन्सले उनको सुन्दरपनलाई थप निखारेको थियो । फ्यामेली शोमा फिल्मीखबरसंग गफिदै प्रियंकाले भन्दै थिईन् अत्ति मिहिनेत गरेर बनाईएको यो गाँउन साँच्चिकै राम्रो लाग्यो मलाई, तपाईलाई नि ?












0 comments