घडीमा इमेल र कल
Published on Friday, December 7, 2012
4:30 PM //
World
मंसिर
२२ । घडी किन लगाउनु हुन्छ भन्ने प्रश्नको उत्तरमा पक्कै पनि
समय,दिन,तारिख अथवा महिना थाहा पाउन भन्ने उत्तर आउँछ । तर जापानको एउटा
इलेक्ट्रिकल फर्मले यस्तो घडी बनाएको छ जसमा समय मात्र होइन इमेल र कल पनि
गर्न सक्नुहुनेछ । यस घडीको समन्वय तपाइको मोवाइलसंग हुने छ जसको कारण
तपाइहरुले घडीमै कल अलर्ट थाहा पाउनु हुनेछ । यति सम्मकी भाइब्रेसन भएको
इमेल अलर्टलाई हटाउने हो भने दुइ पटक घडीको स्क्रीनमा छोए भाइब्रेसन हट्ने छ
।केशीयोले बनाएको जी शाक जी बी ६९०० एए ब्लूतूथ लो एनर्जी स्मार्ट वाच हो । यसमा क्यालेन्डर अलर्ट साथै मौसम र स्टाकको बारेमा पनि बेसिक अलर्ट आउछ । यस घडीको इननिल्ट सिस्टमले यहाँ सम्म बताउने छ कि तपाएको घडी तपाइको पहुचबाट टाढिएको छ । दैनिक १२ घण्टा यसको ब्लूतूथ फङसन प्रयोग गरेपनि यस घडीको ब्याट्रि २ वर्ष सम्म चल्ने छ । अमेरिकाको बजारमा जापानको यो घडी मूल्य १८० डलर रहेको छ ।












0 comments