Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

प्रधानमन्त्रीलाई मुसाको चटनी

Published on Thursday, December 6, 2012 7:44 AM //


२१ मंसिर, कैलाली । कैलालीको टीकापुर नगरपालिका ८ का मुक्तकमैया बाबुराम चौधरीले दुईजना आफन्तलाई खेतका मुसा खोज्न लगाएका छन् । बाबुरामले खेतमा धान खाएर दुःख दिने मुसा मार्नका लागि मान्छे खटाएका होइनन्, उनले त प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्कार गर्न पो मुसा खोजेका हुन् ।

थारु समुदायमा पाहुनालाई स्वागतसत्कार गर्दा मुसाको चटनी, चामलको पिठोबाट तयार पारिने ढिकरी र घोंगीको परिकार खुवाउने चलन छ । त्यही चलनअनुसार शुक्रबार आफ्नो घरमा बास बस्न आउन लागेका प्रधानमन्त्रीलाई चटनी खुवाउन बाबुरामले मुसा खोजेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । प्रधानमन्त्री भट्टराई जनताको घरमा बास बस्नेक्रममा शुक्रबार टीकापुर ८ स्थित विजयनगर मुक्तकमैया शिविरका मुक्तकमैया बाबुरामको घरमा पुग्ने कार्यक्रम रहेको छ ।
‘प्रधानमन्त्रीलाई मुसाको चटनी, घोंगी, ढिकरीलगायतका थारु परिकार खुवाउने तयारी गरेको छु,’ बाबुरामले भने, ‘हामी जे खान्छौं प्रधानमन्त्रीलाई पनि त्यही खुवाउने हो ।’

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!