आठ करोड दिँदा पनि किन मानिनन् करिनाले ?
Published on Tuesday, December 11, 2012
6:29 PM //
Entertainment
जब बलिउडकी चल्तीकी नायिका करीना कपूर अभिनेता सैफ अली खानसँग विवाह
बन्धनमा बाँधिइन् उनले विभिन्न फिल्ममा अभिनय गर्नका लागि आएको अफर एकपछि
अर्को गर्दै अस्विकार गरिरहेको खबर आइरहेको छ । तर करीनाले केवल फिल्म
मात्र होइन नाच्ने प्रस्ताव पनि अस्विकार गरेकी छिन् ।एउटा विवाह समारोहमा नाच्नका लागि गरिएको प्रस्ताव उनले ठाडै अस्विकार गरिन् । उनलाई उक्त विवाह समारोहमा डान्स गरेबापत ८ करोड भारु पारिश्रमिक दिने प्रस्ताव गरिएको थियो, तर करीनाले त्यसलाई लत्याइदिइन् । एउटी अभिनेत्रीले किन यस्तो निर्णय लिइन् ? भन्ने विषय अहिले सबैको जिज्ञासाको विषय बनेको छ । के करीनाले अब विवाह पार्टीमा आफुखुसी नाच्न छाडेकी हुन् त ? वा उनले के आफ्नो पेशा नै छाड्दैछिन् ? आदि प्रश्नहरु उब्जिइरहेका छन् ।
विवाहपछि करीनाको फिल्मी करिअरमा ब्रेक लाग्दै जान थालेका हल्ला पनि आइरहेका छन् र पछिल्लो घटनाले पनि यस्तो हल्लालाई थप बल पूराएको छ । आफ्नै सासु शर्मिला टेगोरको दबाबका कारण करीनाले उक्त विवाह पार्टीमा नाच देखाउन अस्विकार गरेको बताइएको छ । आफ्नो खानदानकी बुहारी कुनै बिहेको पार्टीमा भद्दा नाच नदेखाओस् भन्ने चाहना शर्मिलाको भएको र सोही चाहना करीनाले पूरा गरिदिएको श्रोतको भनाइ छ । थाहै छ की भारतमा उच्च घरानाको बिहेको पार्टी तथा नयाँ वर्षमा आयोजित हुने पार्टीहरुमा फिल्मी स्टारहरुलाई बोलाउने गरिन्छ । यस्तोमा स्टारहरु आउँछन्, नाच्छन् र करोडौँ कुम्ल्याएर जान्छन् ।
करीनाले विवाह पार्टीमा नाच्न अस्विकार गरेको खबर भन्दा केही दिन अघि अभिनेत्री कंगना रणवतले पनि एक पाँचतारे होटेलमा नयाँ वर्षमा आयोजना हुने समारोहमा नाच्न गरिएको प्रस्ताव अस्विकार गरेको समाचार आएको थियो । उनलाई त्यसरी नाच्नका लागि ५ करोड भारुको प्रस्ताव आएको थियो । खैर, करीना कपूर अब बिहे पार्टीमा त ननाच्ने पक्का भैसक्यो, तर फिल्महरुमा नाच्न भने छाड्नेछैनन् भन्ने आशा छ ।












0 comments