आमिरको ‘तलाश’ले कमायो २ दिनमै ४३ करोड
Published on Sunday, December 2, 2012
6:38 PM //
Entertainment
आमिर खानको बहुप्रतिक्षित बलिउड फिल्म
तलासले बलिउड बक्स अफिसमा गतिलो सुरुवात गर्दै पहिलो दुइ दिनमै झण्डै ४३
करोड भारु कलेक्सन गर्न सफल भएको छ । तलाशले स्वदेश अर्थात भारत भित्रका
हलहरुमा मात्रै झण्डै ३१ करोड कलेक्सन गरेको छ ।
शुक्रबार रिलिज भएको तलाशले पहिलो दिन
साढे १४ करोड कलेक्सन गरेकोमा शनिवार १६ करोड ३७ लाख कमाइ गर्यो । यो
कलेक्सन भारतका हलहरुको मात्र हो ।
उता भारत बाहेक विश्वका विभिन्न देशमा गरी
तलाशले दुइ दिनमै थप १२ करोड २७ लाख भारु कमाएको छ । समाचार अनुसार यो
फिल्मले विदेशमा सबैभन्दा बढि युएइमा झण्डै ६ करोड भारु कलेक्सन गरेको छ ।
४० करोड भारुको लगानीमा बनेको तलाशले दुइ
दिनमै आफ्नो लगानी उठाएको छ । तलाशको बक्स अफिस कलेक्सनमा अझै सुधार हुने र
यसले कमाइमा बलिउडका अरु नामी फिल्मलाई धक्का दिने अनुमान विश्लेषकहरुले
गरेका छन् ।
उता टेलिभिजन शो को विवादास्पद विषयलाई लिएर कैयौँ भारतीय युवाहरुले आमिर खानको फिल्म तलाश बहिस्कार गरेका छन् ।
आमिर खान, रानी मुखर्जी र करीना कपूरको मुख्य भूमिका रहेको तलाशलाई रीमा कागतीले निर्देशन गरेकी हुन् ।












0 comments