सलमानमा बढ्यो पैसाको भोक, एक फिल्मका लागि ८० करोड माग
Published on Tuesday, December 4, 2012
8:40 PM //
Entertainment

पछिल्लो समयमा एक पछि अर्को गर्दै फिल्म सुपर हिट बनेसँगै बलिउडका नम्बर वान अभिनेता सलमान खानको महत्वकांक्षा मात्र बढेको छैन भाउ पनि ह्वात्तै बढेको छ । एक था टाइगरले किर्तिमानी कमाइ गरेसँगै चुलिएको प्रसिद्धीलाई क्यास गर्दै सलमानले आफ्नो भाउ बढाएका हुन् ।
समाचार अनुसार सलमानले हालै एक फिल्ममा खेल्नका लागि ८० करोड भारु पारिश्रमिक माग गरेका छन् । साजिद नाडियाडवाला सँग उनको फिल्म किक मा काम गर्नका लागि सलमानले सिधै ८० करोड भारु मागेका हुन् ।
सलमानले सुरुमा ७० करोड मागेका थिए तर अचानक १० करोड भाउ बढाए ।
सलमान र साजिद निकै राम्रा साथी हुन् । त्यसकारण यी दुइबीच कति रकममा सम्झौता गर्ने भन्ने विषयमा अहिलेपनि कुराकानी चलिरहेको बताइएको छ । हेरौँ सलमानले ८० करोड पाउने हुन् वा होइनन् ?












0 comments