क्यान्सरपिडीत मनिषालाई न्यूयोर्क लगियो
Published on Sunday, December 2, 2012
5:36 PM //
news
पाठेघरको क्यान्सरबाट पिडीत अभिनेत्री मनिषा कोइरालालाई उपचारका लागि
न्यूयोर्क लगिएको छ । ।मुम्बईस्थित जसलोक अस्पतालमा स्वास्थ्य परिक्षण
गर्दा पाठेघरमा क्यान्सर भएको पुष्टी भएपछि परिवारले उनलाई उपचारका लागि
न्यूयोर्क लगेको हो ।मनिषाका पिता प्रकाश कोइरालाका अनुसार मनिषाका साथीको सल्लाहमा परिवारले उनलाई न्यूयोर्क लगेको हो । ‘जसलोकका डाक्टरले क्यान्सर प्रारम्भिक अबस्थाको भएकाले मुम्बइमा नै उपचार हुन्छ भनेका थिए । तर पनि मनिषालाई न्यूयोर्क लाने निर्णय परिवारले गरेको थियो ।।’
मनिषालाई शुक्रबार बिहान जसलोकबाट डिस्चार्ज गरेर घरमा राखिएको थियो । कोइराला परिवारमा यसअघि धेरैलाई क्यान्सर रोगले सताएपनि मनिषाको अबस्था चिन्ता लिनुपर्ने नरहेको मनिषाका पिता प्रकाशले बताए ।
मनिषालाई न्यूयोर्कस्थित मेमोराइजल स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ । मनिषाका साथमा उनका बाबु, आमा र भाई सिद्धार्थ पनि अमेरिकामा छन् ।












0 comments