यूरोपमा राजेश र इन्दिरा धुम मच्चाउदै
Published on Thursday, November 29, 2012
2:35 PM //
Entertainment
नेपाली सांगीतिक क्षेत्रका २ चर्चित हस्ति
राजेश पायल राई र गायिका ईन्दिरा जोशी नमस्ते यूरोप सांगीतिक यात्रामा
सहभागी हुन यूरोप पुगेका छन् ।बेलायतमा भाई तिहार मनाउदै लन्डनबाट सिधै
स्विजरल्यान्ड पुगेका राईले पहिलो पटक यूरोपमा आफ्नो सांगीतिक प्रस्तुती
पस्कन लागेका हुन् । नमस्ते इन्रटेन्मेन्ट प्रालीको प्रायोजनमा गायक राई र
गायिका जोशी यूरोप भ्रमणमा निस्किएका हुन् । यि दुइले हामबर्ग जर्मनीमा ६
डिसेम्बर र बेल्जियमको लुभेनमा ८ डिसेम्बरमा कार्यक्रम गर्ने तय भएको छ ।यस्तै यूरोप भ्रमणमा रहेका राईको एकल साँझको तयारी युरोपका विभिन्न देशमा गरिएको छ । आधुनिक गायन तथा चलचित्रको पाश्र्व गायनमा चर्चित रहेका गायक राईले विश्वका थुप्रै देशमा आफ्नो सांगीतिक प्रस्तुती पस्किसकेका छन्












0 comments