Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सलमानसँग सोनाक्षी, कट्रिनासँग रणबिर

Published on Thursday, November 29, 2012 4:32 PM //


नायक सलमान खान र नायिका कट्रिना कैफ बिचको रोमान्सको चर्चाले बलिउडमा अझै पनि सेलाएको छैन । हुनत यि दुईबिच अहिले प्रेमसम्वन्ध छैन । तर पनि सलमान र कट्रिनाको सम्वन्धका चर्चाले बजार तताइरहेको हुन्छ । तर चलचित्र ‘दबंग’को निर्माणसँगै सलमान र सोनाक्षीको सम्वन्ध झ्याङ्गीएको छ । सोनाक्षी र सलमान पछिल्लो समय थुप्रै कार्यक्रममा सँगै भेटिन थालेका छन् । यसैबिच बलिउडका यि दुई दबंग खेलाडीलाई थि्र डी चलचित्र ‘लाईफ अफ पाई’ हेर्दै गर्दाको समयमा भेटिएको छ ।

सलमान र सोनाक्षी यो सिनेमा हेर्न मुम्बइको एक सिनेमा हलमा पुगेका थिए । सलमान आफ्नो परिवारसँगै सोनाक्षीलाई लिएर चलचित्रको स्पेशल शो हेर्न पुगेका थिए । सलमान सोनाक्षीलाई लिएर सिनेमा हेर्न पुगिरहदा उनको पुर्व प्रेमिका कट्रिना कैफ नायक रणबिर कपुरसँग यो सिनेमा हेर्न मुम्बइको एक मल्टिप्लेक्स हल पुगेकी थिईन् । तर यि दुई हलमा १० मिनेट मात्र बसेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हलमा सिनेमा हेर्न रणबिर र कटि्रना आएको हल्ला फैलिएपछि यि दुई सुटुक्क हलबाट निस्किएका थिए । नायक रणबिर कपुर र नायिका कट्रिना कैफबिच प्रेमसम्वन्ध चलेको हल्ला बेलाबेलामा बलिउड बजारमा चल्ने गरेको छ । तर यि दुईले आफुहरु साथी मात्र भएको बताउदै आएका छन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!