‘तलाश’ को प्रमोशनका लागि सीआइडी बने अमिर
Published on Tuesday, November 20, 2012
5:20 PM //
Entertainment
बलिउड नायक अमिर खान आफ्नो सिनेमाको
प्रमोशनका लागि कुनै कसर बाँकी राख्दैनन् । नोभेम्बर ३० मा प्रदर्शनमा आउन
लागेको अमिर अभिनित चलचित्र ‘तलाश’ अहिले प्रतिक्षामा छ । सस्पेन्स
कथाबस्तुमा तयार भएको यो सिनेमामा अमिर एक प्रहरी अफिसरको भुमिकामा देखिएका
छन् । यसैले पनि उनले आफ्नो सिनेमाको प्रमोशनका लागि एक चर्चित सिरियलको
साहारा लिएका छन् ।
सोनी टेलिभिजनबाट बिगत १५ बर्षदेखि
प्रशारण हुदै आएको ‘सीआइडी’ नामक सिरियलमा अमिरले अभिनय गरेका छन् । उनी यो
सिरियलको २ भागमा देखिदैछन् । सिरियलका कलाकारहरुले विश्वकै चर्चित कलाकार
भएर पनि अमिरमा कुनै घमण्ड नभएको प्रतिक्रिया दिएका छन् ।



चलचित्र ‘धोविघाट’ प्रदर्शनमा आएको २ बर्षपछि ‘तलास’ प्रदर्शनमा आउन लागेकाले पनि अमिरका लागि यो सिनेमा निक्कै महत्वकांक्षी छ ।












0 comments