आतिफ आज नेपाल आउदै, रंशशालामा धुम मच्चाउने
Published on Friday, November 30, 2012
10:57 AM //
Entertainment
पाकिस्तानी मुलका भारतीय गायक आतिफ असलम
आज नेपाल आउदैछन् । उनी दिउसो २:४० मा त्रिभुवन विमानस्थलमा ओर्लने
कार्यक्रम छ । विमानस्थलमा ओर्लिएपछि उनले केही समय आराम गर्ने छन् । आतिफ
विमानस्थल ओर्लनु अघि नै नेपाली दर्शकका लागि कार्यक्रम स्थल दशरथ
रंगशालाको प्रवेश द्धार खुला गरिनेछ । दर्शकले २ बजेबाट रंगशाला प्रवेश
गर्ने पाउने छन् ।
उनको सुरक्षाका लागि १६ सय प्रहरी तैनाथ
गरिएको आयोजकले बताएको छ । सुरक्षा व्यवस्था मजबुद बनाउन कन्सर्टमा
आउनेहरुको प्रवेश पास यसपटक फरक ढंगले तयार पारिएको छ । प्रवेश पासका लागि
फोटो र व्यक्तिगत विवरण पूर्णरुपमा लिइएको छ । उनले कार्यक्रममा दुरी, ओ
लम्हे, पहेली नजर मे, ओ मेरे खुदा, तेरे लिए, आदत लगायतका गीतहरु गाउनेछन् ।
उनी शनिबार नै र्फकने कार्यक्रम छ ।












0 comments