मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्न सफल चिकित्सक जोसेफको निधन
Published on Tuesday, November 27, 2012
5:29 PM //
news
मंसिर
१२ । विश्वमा सबैभन्दा पहिले मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्न सफल
अमेरिकी चिकित्सक जोसेफ मुरेको ९३ वर्षको उमेरमा निधन भएको छ । उनले साठी
वर्ष अगाडि मानव अंग सफलतापुर्वक प्रत्यारोपण गरेको अमेरिकाको बोस्टोन
अस्पतालमै मुरेको निधन भएको हो । मुरेले मानव अंग प्रत्यारोपण गरे वापत
चिकित्सा शास्त्रमा नोवल पुरस्कार समेत प्राप्त गरेका थिए ।
सन् १९५४
डिसेम्बरमा उनले जुम्ल्याहाको मृगौला प्रत्यारोपण गरेर मानव अंग
प्रत्यारोपणको ईतिहास रचेका थिए । मुरेले दोस्रो विश्वयुद्धमा गंभीर रुपमा
जलेका सैनिकहरुको उपचार गर्ने क्रममा मानवअंगको प्रत्यारोपणको संभावना खोजी
गरेका थिए । सबैभन्दा पहिले कुकुरमा मृगौला प्रत्यारोपणको अभ्यास गरेका
उनले त्यसपछि २३ वर्षि रोनाल्ड हेरिकको मृगौला उनका जुम्ल्याहा भाई
रिर्चाडमा प्रत्यारोपण गरेका थिए । मृगौला असफल भएका रिर्चाड अंग
प्रत्यारोपणपछि आठ वर्ष बाँचेका थिए । मुरे ईश्वरप्रति गहिरो आस्थावान
चिकित्सक रहेको बीबीसीले जनाएको छ ।












0 comments