विश्वकप हात्ती पोलो प्रतियोगिता नेपालको बर्दियामा हुदै
Published on Wednesday, November 28, 2012
5:57 PM //
news
नेपालमा
मात्र खेलीने हात्ती पोलो विश्वकप प्रतियोगिता खेल यस बर्ष बर्दियामा
खेलीएको छ । विगत् ३० बर्ष अघिदेखि चितवनको मेघौली हवाई मैदानमा हुँदै
आएको हात्ती पोलो विश्व कप प्रतियोगिता चितवन राष्ट्रिय निकुञ्जमा
टाईगरटप्स होटल नविकरण नभएकाले यस बर्ष बर्दिया जिल्लामा आयोजना भएको हो ।हात्तीपोलोको ३१ औं शृङखला यही मङसिर १० गतेदेखि एक हप्ता हुने छ । चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स होटलको आयोजनामा सन् १९८२ देखि सो प्रतियोगिता आयोजना हूँदै आएको थियो । निकुञ्जभित्र रहेको होटलको म्याद गत असार मसान्तमा सकिएको र नविकरण नभएको हुनाले सो खेलको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जमा गर्न लागिएको टाइगर टप्स होटलका महाप्रबन्धक यादव बान्तवाले बताउनुभयो ।
तीन वर्षअघि पनि निकुञ्जभित्र रहेका होटलको म्याद थप्ने नथप्ने विषयको टुङगो नलाग्दा टाइगर टप्स होटलले बर्दियामै हात्ती पोलोको आयोजना गरेको थियो । यस वर्ष प्रतियोगितामा ८ वटा समुहले सहभागिता जनाउने आयोजकले बताएको छ । सन् १९८२ देखि नेपालमा टाइगर टप्स होटलका सञ्चालक जिम एडवर्डले यो खेलको सुरुवाआत गरेका हुन् । अझै पनि होटलमा आउने पर्यटक नै यो खेलमा सामेल हुन्छन् । बर्दिया जिल्लामा हात्ती पोलो विश्वकप प्रतियोगीता आयोजना गरेर बर्दिया जिल्लालाई विश्वमा नै चिनाउन खोजिएको महाप्रवन्धक वान्तवाले बताउनु भयो । सुन्दर पर्यटकिय क्षेत्र बर्दिया विभिन्न कारणले ओझेलमा परेको छ












0 comments