झलनाथलाई मन पर्दैन नेपाली हिरोइन
Published on Monday, November 26, 2012
7:35 PM //
news
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले
जनयुद्धकालमा आफुलाई नायिका करिश्मा मानन्धर मनपर्ने अभिव्यक्ति दिएर
चर्चा बटुलेका थिए । जनयुद्धकालबाट फर्किएपछि नायिका रेखा थापासग नाचेपछि
प्रचण्डको आकर्षण करिश्माप्रति भन्दा नायिका थापाप्रति बढेको थियो ।
ह्यान्डसम नेताको उपाधि पाएका एमाले
अध्यक्ष झलनाथ खनालले भने नायिकाका बारे अहिलेसम्म मुख खोलेका थिएनन् । तर,
सोमबार एक सिनेमाको शुभमुहुर्त समारोहमा पुगेका झलनाथले आफ्नो रोजाइकी
नायिकाबारे मुख खोलेका छन् ।
रंग पत्रकारहरुसँग कुरा गर्दै झलनाथले
भने, व्यक्तितगत आकर्षण र सुन्दरताका हिसावले मलाई नेपालका कुनै पनि नायिका
मन पर्दैनन् । सबैजना आ-आफ्नो स्थानमा राम्री हुनुहुन्छ, यसैले म सबैलाई
उत्तिकै मन पराउँछु ।
झलनाथले नेपाली सिनेमा र देशको राजनीतिक
अवस्था उस्तै रहेको बताए । जसरी देशको अवस्था भद्रगोल बनेको छ, सिनेमा पनि
त्यस्तै भएको छ भन्ने बुझेको छु ।












0 comments