एनआरटीको विजयी सुरुवात
Published on Friday, November 23, 2012
7:00 PM //
Sports
८ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ
रंगशालामा भएको आफ्नो पहिलो खेलमा एनआरटीले सेगुन अकिनाडेको चार गोलको
मदतमा बाँसबारी क्लबलाई ५-३ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने
बाँसबारीले लिएको थियो ।
खेलको दोस्रो मिनेटमा नै पुकार आलेले गोल
गर्दै बाँसबारीलाई अग्रता दिलाए पनि ४ मिनेट भन्दा टिक्क सकेन । छैटौं
मिनेटमा एनआरटीका लक्ष्मण रुचालले बारबरी गोल फर्काए । २६ औं मिनेटमा
सेगुनले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए भने ३९ औं मिनेटमा
व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३-१ मा पुर्याए । उनी त्यतीमा मात्र
रोकिएनन् र खेलको ५४ औं मिनेटमा हृयाट्रिक पुरा गरे । यो प्रतियोगिताको
पहिलो हृयाट्रिक हो ।
६० औं मिनेटमा बौद्धका पुकारले दोस्रो गोल
गर्दै एनआरटीको अग्रता ४-२ मा झारे । ६६ औं मिनेटमा सेगुनले चौथो गोल
गर्दै एनआरटीलाई ५-२ को अग्रता दिलाए । ८१ औं मिनेटमा बौद्धका विसाल
तामाङले गोल गर्दै एनआरटीको अग्रता ५-३ मा झारे पनि हार टार्न सकेनन् ।
शुक्रबार नै भएको अर्को खेलमा नेपाल आर्मी र फ्रेण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छन् ।











0 comments