हट सुस्मासँग राजेशले खाए धेरै टेक
Published on Friday, November 23, 2012
10:30 AM //
Entertainment
आगामी मंसिर १५ गते अल नेपाल रिलिज हुन गइरहेको दिवाकर भट्टराई निर्देशित सिनेमा ‘मेरो जीवन साथी’ मा दुई पुस्ताको रोमान्सलाई देख्न पाइने भएको छ । अहिलेकी हट नायिका सुष्मा कार्की र पुराना पुस्ताका तर अहिले पनि सिनेमा क्षेत्रमा सक्रिय रुपमा रहदै आएका महानायक राजेश हमालबीचको रोमान्सलाई दर्शकहरुले नजीकबाट नियाल्न पाउने भएका छन् ।
लगभग बाबु र छोरीको उमेरका सुस्मा र राजेश यस सिनेमामा प्रेम जोडीको रुपमा प्रस्तुत हुदैछन् । सिनेमामा उनीहरु कस्तो रुपमा प्रस्तुत हुदैछन् त्यो हेर्न भने मंसिर पन्ध्र सम्म कुर्नै पर्ला । तर मिडियामा पब्लिस गरिएको ‘खुसी नै खुसी दिउँ’ बोलको गीतमा भने राजेश र सुस्मा एक अर्काको मायामा चुर्लुम्मै डुवेका छन् ।
सूर्य कार्कीको शब्दमा राजेश पायल राई र दुर्गा खरेलले स्वर दिएको उक्त भिडियोमा राजेश र सुस्माले लिप किससँगै वेड सिन पनि दिएका छन् । राजेश र सुस्माले दिएको सिन उक्त भिडियोमा त्यती सरल नदेखिएता पनि दर्शकहरुलाई रोमाञ्चित गराउने खालको छ ।

दर्शकहरुलाई गरमा गरम पार्ने उक्त भिडियो सुटको अनुभव कस्तो रह्यो ? नायिका सुस्मा कार्की लजाउदै भन्छिन्,‘खासै त्यस्तो फरक अनुभव भएन, आँफू बच्चै हुँदा देखि नायकको रुपमा देखेको राजेश दाईसँग त्यस्तो दृश्य दिदा भने केही अर्ड फिल चाहि भएको थियो ।’

नायक हमालले चाही कस्तो रेस्पोन्स गर्नु भयो नि ?‘म जस्ती हटसँग रोमान्स गर्न पाउँदा पक्कै पनि रोमाञ्चित हुनु भएको थियो होला, त्यही भएर सुटिङमा हामीले धेरै टेक खाएका थियौं, तर यो विषयमा उहाँलाई नै सोध्दा बेटर होला ।’ नायक हमाल हाल अमेरीका भ्रमणमा भएको हुदा सुस्मासँगको रोमान्सको अनुभव हामीले सोध्न सकेनौ । तर पनि ढल्कंदो उमेरमा हट नायिकासँग रोमान्स गर्न पाउँदा राजेशलाई पक्कै पनि स्वर्गको आनन्द आएको हुनुपर्छ । सूर्य कार्की र रोहित कार्कीको संयुक्त लगानी रहेको यस सिनेमामा राजेश र सुस्मा बाहेक रेखा थापा, रेश मरठ्ठा, रागिनी खड्गी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।













0 comments