Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

२४ दिनपछि गण्डकी मेडिकल कलेज खुल्यो

Published on Sunday, November 25, 2012 3:24 PM //


पोखरा, मंसिर १० -तलब बृद्विको माग गर्दै कर्मचारीले उपचार सेवा ठप्प पारेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि (चरक अस्पताल) २४ दिनपछि आजबाट खुलेको छ। व्यवस्थापन पक्ष सबै कर्मचारीको मासिक तलबमा हजार सय रुपैयाँ बढाउन तयार भएपछि कर्मचारीहरु हड्ताल छोडेर काममा फर्केका हुन्।


एमाओवादी निकट अखिल नेपाल स्वास्थ्य श्रमिक संघले जनही हजार रुपैयाँ तलब बृद्विको मुख्य मागसहित व्यवस्थापनलाई २३ बुँदे मागपत्र बुझाई कात्तिक १७ गतेदेखि काम ठप्प पारेको थियो।
केही दिनयता भएका अनौपचारिक छलफलमा व्यवस्थापनले हजार सय तलब बढाउने कर्मचारीले हड्ताल छोडेर काममा फर्कने सहमति भएको दुवै पक्षले बताएका छन्। कर्मचारीहरुको रात्रीकालिन भत्ता दैनिक एक सय रुपैयाँ बढ्ने भएको छ। उनीहरुले यस्तो भत्ता दैनिक दुई सय हुनुपर्ने माग गरेका थिए।
यो सहमतिसँगै आइतबारबाट अस्पताल तथा मेडिकल कलेज दुवैतर्फ सेवा सुरु भएको छ। मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोषकुमार खनालले कर्मचारी काममा फर्केपछि अस्पतालको सम्पूर्ण उपचार सेवा विरामी भर्ना सुरु भएको जानकारी दिए।
वार्ताका क्रममा कर्मचारीले तलब बृद्वि हजार गर्नुपर्ने अडान लिएका थिए भने व्यवस्थापनले स्तर हेरी देखि १५ प्रतिशत मात्र बढाउने बताएको छ। व्यवस्थापनले कर्मचारीको चार तह निर्धारण गरी प्रतिशतमा तलब बढाउने दैनिक एक सय रात्री भत्ता दिने निर्णय गरे पनि आन्दोलनरत पक्षले अस्वीकार गरेपछि अस्पतालको हड्ताल लम्बिएको थियो।
पटक-पटकको वार्तामा सहमति नभएपछि कर्मचारीले अनिश्चित हड्ताल गर्दा अस्पताललाई दैनिक ८० हजार आम्दानी नोक्सानी भएको सिइओ खनालले बताए। उनकाअनुसार अस्पताल नियमित सञ्चालनमा छँदा पनि मासिक ६० लाख रुपैयाँ घाटा हुँदै आएको छ।
व्यवस्थापनले लगातार नोक्सानी देखाउँदै समयमा तलब नदिने तलब-भत्ता बढाउन पनि नसकेपछि यहाँका कर्मचारीहरुले पटक-पटक आन्दोलन गर्दै आएका छन्।
आन्दोलनकर्ता संघका इकाई अध्यक्ष बाबुराम रानाभाटले अनौपचारिक छलफलका क्रममा भएका सहमतिलाई श्रम कार्यालयमा बसेर लिखित गर्ने सहमतिमा हड्ताल अन्त्य गरेको बताए। उनले अन्य मागमा पहिलै सहमति भए पनि तलब बृद्विमै कुरा नमिलेपछि तीन साता हड्ताल गर्नुपरेको बताए। यस अवधिमा केही कर्मचारीमाथि भएको निलम्बनको कारबाही स्पष्टिकरण व्यवस्थापनले फिर्ता लिनुपर्ने उनको भनाई छ। व्यवस्थापनले 'नो वर्क नो पे' भने पनि आफुहरुले पुरै अवधिको तलब पाउनुपर्ने उनले बताए।
मेडिकल कलेजका सिइओ खनालले भने अधिकाँश माग पुरा गरी तलब-भत्ता सक्नेजति बढाउन तयार हुँदा पनि कर्मचारीले गैरकानूनी हड्ताल गरेको आरोप लगाए। उनले सुरक्षा पालो-पहरामै बस्ने कर्मचारीले ताला लगाएर हड्ताल गरेको नर्स लगायतका कर्मचारीले विरामीको उपचारमै अवरोध पुर्याएपछि केही कर्मचारीलाई निलम्बन स्पष्टिकरण सोधेको बताए।
'अस्पतालको सेवा उपचारमा समेत हड्ताल गर्ने ३३ कर्मचारीलाई स्पष्टिकरण सोधेका हौं' खनालले भने, 'तीमध्ये तीन स्टाफ नर्स दुई सुरक्षा गार्डको मात्र स्पष्टिकरण आएको छ। अरुले पनि स्पष्टिकरण दिन तयार भएका छन्।'
उनले दुईजना कर्मचारीको निलम्बन हड्ताल अवधिको 'नो वर्क नो पे' का सम्बन्धमा भने व्यवस्थापन पक्ष केही लचिलो हुने बताए।
अधिकाँश चिकित्सक-कर्मचारीले काम छोडेर हड्ताल गरेपछि तीन सय शैयाको अस्पताल तीन साता रिक्त भएको थियो। नयाँ विरामी भर्ना नलिने आकश्मिक सेवामा आएका विरामीलाई समेत आन्दोलनरत पक्षले अवरोध पुर्याएपछि विरामीहरु अन्य अस्पताल जान बाध्य भएका थिए। उक्त अस्पतालमा दैनिक देखि सय विरामी बहिरंग सेवामा आउने गर्छन्। अस्पतालमा कुल सय ५० कर्मचारी छन्।
आन्दोलनरत कर्मचारीले श्रम कार्यालयमा यसअघि २३ मध्ये २१ बुँदाका मागमा भएका सहमति पनि व्यवस्थापनले पालना नगरेको जिकिर गर्दै आएका छन्। उनीहरुले काममा फर्कनुअघि श्रममा भएका सबै सहमतिको पूर्णपालना, जनही हजार सय तलब बृद्वि रात्रीभत्ता एक सय बढाउने निर्णयको इमान्दार पालना गर्नुपर्ने शर्त व्यवस्थापन पक्षसमक्ष राखेका छन्। 'श्रम कार्यालयमा सहमति गरेर पनि व्यवस्थापलने दुई वर्षसम्म काम गरेकालाई समेत स्थायी नगरेको, वार्षिक दुईजोर पोशाक नदिएको, परिवारको उपचार निःशुल्क भने पनि डाक्टरबाट हुने परीक्षणबाहेक अन्य सबै काममा शुल्क लिएको, कर्मचारीको सञ्चय कोष कट्टा गरेको रकम पनि आफैं चलाएको ' रानाभाटले भने।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!