जथाभावी होर्डिङ बोर्डले राजधानी कुरुप बन्दैछ |
Published on Tuesday, November 27, 2012
2:50 PM //
news
राजधानीमा
जथाभावी राखिएका होर्डिङ बोर्डले काठमाडौंको सौन्दर्य नराम्ररी
बिगारिदिएका छन् । मुख्य सडकदेखि भित्री गल्लीसम्म होर्डिङबोर्ड राखिएका
छन् । बिजुलीका प्रत्येक खम्बामा होर्डिङ बोर्ड राखिएका छन् । भवनहरू
होर्डिङबोर्डले नै भरिएका छन् । जता हेरे पनि होर्डिङ बोर्डबाहेक केही पनि
देखिँदैन ।
सरकारले राजस्व आउने नाममा जताततै होर्डिङ बोर्ड राख्न दिएको छ ।
निषेधित विज्ञापनका होर्डिङ बोर्ड पनि जताततै देखिन्छन् । सरकारले त्यस्ता
होर्डिङ बोर्डहरूको प्रभावकारी अनुगमन गर्न सकेको छैन । त्यसैले अब निश्चित
ठाउँ तोकेर होर्डिङ बोर्ड राख्न दिने व्यवस्था गर्नुपर्छ । अन्याथा पर्यटन
वर्षमा राजधानीमा पर्यटकलाई राजधानीको होर्डिङ बोर्डबाहेक देखाउने कुरा
केही रहँदैन । त्यसैले ठाउँ कुठाउँ राखिएका होर्डिङ बोर्ड हटाउन
महानगरपालिका तथा अन्य नगरपालिकाहरूले तत्काल काम थाल्नुपर्छ ।












0 comments