स्कुटरबाट बाइकको लाइसेन्स निषेध
Published on Monday, November 26, 2012
7:37 AM //
news
११ मंसिर, काठमाण्डौं । के तपाई स्कुटर लिएर सवारीसाधन अनुमतिपत्र लाइसेन्सका लागि ट्रायल दिन जाँदै हुनुहुन्छ ? जानुभन्दा अगाडी एक पटक राम्रोसँग सोच्नोस् । किनकी, तपाईले स्कुटरबाट ट्रायल दिएर बनाएको लाइसेन्सले अवदेखि मोटरसाइकल चलाउन पाउनुहुने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि स्कुटरबाट ट्रायल दिई सवारी चालकले अनुमतिपत्र दिएकालाई मोटरसाइकल चढ्न बन्देज लगाउने भएको छ । चढेको पाइएमा महाशाखाले कारबाही गर्ने भएको खबर राजधानी दैनिकले छापेको छ ।
महानगरीय ट्राफिक प्रहरीको आग्रहमा यातायात व्यवस्था विभागले मोटरसाइकलबाट ट्रायल दिएकालाई मोटरसाइकलको र स्कुटरबाट दिएकालाई स्कुटरकोमात्र लाइसेन्स दिन थालेको छ ।












0 comments